२०८३ बैशाख १६ गते, बुधबार ११:१७

रवि र बालेन एक्लाएक्लै, सुधन गुरुङदेखि पाँडेसम्म पर्खाइमा

काठमाडौं । कुपण्डोलस्थित कुमार बेनको निवासमा यतिबेला धेरैको ध्यान केन्द्रित छ, जहाँ रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र साह वार्तारत छन् । कुमार बेन मेयर साहका निकट सहयोगी हुन् ।

बेन्जनकार निवासभित्र भुइँतल्लामा एउटा सानो कुटीजस्तो छाप्रो छ । त्यहीँ रवि र बालेन ढोका लगाएर बसिरहेको स्रोतले बतायो । सुरूमा रवि र बालेनसँगै रास्वपाका असिम साह र कुमार बेनबीच प्रारम्भिक छलफल भएको थियो । त्यसपछि असिम र कुमार निस्केर रवि-बालेन वान टु वान छलफलमा छन् ।

घरमा अन्य व्यक्तिहरुको लर्को छ । जेन-जीका अगुवा भनिएका सुधन गुरुङ घन्टौंदेखि त्यहीँ नै छन् । उनी रवि-बालेनको छलफल उपलब्धीपूर्ण हुने आशामा पर्खेर बसेका हुन् । यसैगरी बालेननिकट कलाकार अर्जुन घिमिरे ‘पाँडे’ र रियालिटी शो निर्देशक विशाल भण्डारी पनि देखिन्छन् ।

केही समयअघि कांग्रेस नेता सुनील शर्मा बालेनलाई भेटेर फर्किएका थिए । रास्वपाका असिम साह पनि बाहिर पर्खिरहेका छन् । आजको वार्ता फलदायी हुने उनी बताउँछन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM