वीरगंज/वीरगंज महानगरपालिका-३२ जीतपुर क्षेत्रमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
यस ग्रुपका प्रबन्ध निर्देशक यश अग्रवाल टेमानीले चलाएको बा ०१०३३ च २४८१ नम्बरको कारले जीतपुरस्थित केरा ढोका नजिक ठक्कर दिँदा स्थानीय करिब ४५ वर्षीय रामबालक सहनी गम्भीर घाइते भएका थिए। घाइते सहनीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सिमरा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न कार चालक टेमानी हाल ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस अग्रवाल टेमानी वीरगंजका चर्चित व्यवसायी तथा उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीका छोरा हुन्।
















