काठमाडौँ । नेपाल ट्रस्टको जग्गा लिजमा दिँदा ठगी गरेको आरोपमा पक्राउृ परेका तत्कालीन सचिव अर्जुनबहादुर कार्कीलाई ६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले बुधबार तत्कालीन सचिव कार्कीलाई ६ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
त्यस्तै, जिल्ला अदालत काठमार्डाैंले उक्त जग्गा लिज प्रकरणमा पक्राउ परेका ट्रष्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीसँग १० लाख रुपैयाँ धरौटी मागेको छ ।
करिब २ महिना लामो अनुसन्धानपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की र थामसेर्कु डेभलपर्सका सञ्चालक सोनाम शेर्पामाथि ठगी र आपराधिक लाभको आरोपमा मुद्दा अदालतमा दायर गरेको थियो ।
















