२०८३ बैशाख १६ गते, बुधबार १८:४६

तीन दलका शीर्ष नेतासहित राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल सुरु गरेका छन् ।

जेन जेड आन्दोलनपछि तीनवटै दलका शीर्ष नेतासँग राष्ट्रपति र पौडेलले गरेको यो पहिलो छलफल हो ।

उनीहरूबीच अहिले शीतलनिवासमा छलफल चलिरहेको छ ।

पछिल्लो राजनीतिक घटनाक्रम र आगामी फागुन २१ गते हुने निर्वाचनबारे छलफल केन्द्रित रहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM