२०८३ बैशाख १६ गते, बुधबार १८:४६

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको साधारणसभा स्थगित

काठमाडौँ। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले बोलाएको साधारण सभा स्थगित भएको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले साधारण सभा तथा नयाँ कार्यसमिति चयनसम्बन्धी प्रक्रिया कानुनसम्मत नदेखिएको भन्दै हाललाई उक्त कार्यक्रम अगाडि नबढाउन निर्देशन दिएको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार संस्थाको विधानबमोजिम दुई वर्गमा हुनुपर्ने साधारण सभा तथा कार्यसमिति चयन प्रक्रिया स्पष्ट नभएको, साथै नयाँ नेतृत्व चयनका लागि प्रस्तावित निर्वाचन कार्यतालिका पनि कानुनी प्रक्रिया पूरा नगरेको देखिएको छ। त्यसैगरी हाल कार्यरत कार्यसमितिले नै महासभा सञ्चालन गर्ने प्रस्तावसमेत विधानअनुसार नमिलेको ठहर गरिएको छ।

प्रशासन कार्यालयले यी सबै विषय समाधान नभएसम्म साधारण सभा आयोजना नगर्न तथा सम्बन्धित कार्यहरू कार्यान्वयन नगर्न नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाललाई निर्देशन दिएको छ।

उक्त निर्देशन जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रशासकीय अधिकृत जनक कोइरालाद्वारा जारी गरिएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM