२०८३ बैशाख १६ गते, बुधबार १४:०६

सुनचाँदीकै भाउले बनायो नयाँ रेकर्ड, तोलाको कतिमा हुदैछ कारोबार ?

काठमाडौं । सोमबार सुन र चाँदी दुवैको भाउले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ अघिल्लो दिनको तुलनामा ३ हजार ४ सय रुपैयाँ बढेको हो ।

यस दिन सुनको भाउ प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

गत सोमबार त्यसअघिका सबै रेकर्ड तोड्दै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउले केही दिनयता नै नयाँ रेकर्ड बनाइरहेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला १३० रुपैयाँ मूल्य बढेको छ । जसअनुसार चाँदी प्रतितोला मूल्य ४ हजार २३५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM