२०८३ बैशाख २३ गते, बुधबार १२:३०

त्रिभुवन विमानस्थलबाट गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौँ/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध गाँजा तस्करी गर्ने क्रममा दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीका अनुसार ३३ वर्षीय रञ्जित सिंहलाई चार किलो २८४ ग्राम गाँजासहित नियन्त्रणमा लिइएको हो।

लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई एयरलाइन्स को उडानमार्फत बैंककबाट काठमाडौँ आएका सिंहको लगेज जाँच गर्दा गाँजा फेला पारेको हो। त्यसपछि उनलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

त्यसैगरी, उक्त लागुऔषध लिन विमानस्थल पुगेका अर्का भारतीय नागरिक पुनित शर्मालाई पनि अन्तर्राष्ट्रिय आगमन पार्किङ क्षेत्रबाट पक्राउ गरिएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरूबीच लागुऔषध ओसारपसारमा संलग्नता देखिएको प्रहरीले बताएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरोमा पठाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM