२०८२ माघ ९ गते, शुक्रबार ११:१५

महान्यायाधिवक्ता सविता भण्डारी बराल निलम्बित

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महान्यायाधीवक्ता सविता भण्डारी बराललाई संस्थाको साधारण सदस्यबाट अस्थायी रूपमा निलम्बन गर्ने निर्णय गरेको छ।

सार्वजनिक पदमा नियुक्त भएपछि र त्यससँग सम्बन्धित केही विवादहरू सार्वजनिक रूपमा उठेपछि संस्थाको कार्यसमितिले यो निर्णय लिएको जनाएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका एक कार्यसमिति सदस्यका अनुसार संस्थाको मूल्य, मान्यता र विश्वसनीयतामाथि प्रश्न उठ्ने अवस्था आएपछि आवश्यक निर्णय लिनु अपरिहार्य भएको हो।

‘संस्थाका आफ्नै सिद्धान्त र मापदण्ड छन्। जब संस्था वा पदाधिकारीसँग सम्बन्धित विषयमा सार्वजनिक बहस र प्रश्न उठ्छन्, त्यसको उचित सम्बोधन आवश्यक हुन्छ,’ ती सदस्यले भने, ‘त्यसैले हालका लागि अस्थायी रूपमा उहाँलाई निलम्बन गर्ने निर्णय गरिएको हो।’

उनका अनुसार विवाद उत्पन्न भएलगत्तै सविता भण्डारी बराललाई राजीनामा दिएर परिस्थितिलाई सहज बनाउन सुझाव दिइएको थियो, तर उनले सो प्रस्ताव स्वीकार गरेकी थिइनन्। यद्यपि, विषयवस्तु स्पष्ट र सन्तोषजनक रूपमा समाधान भएमा निलम्बनको निर्णय पुनः विचार गर्न सकिने पनि जनाइएको छ।

कार्यसमितिका अनुसार सविता भण्डारी बराल एकातर्फ सार्वजनिक पदमा पुगेकी थिइन् भने अर्कोतर्फ उनले संलग्न हुनुपर्ने निर्णय र भूमिकासम्बन्धी विषयमा समेत सार्वजनिक क्षेत्रबाट प्रश्न उठेपछि संस्थाले कदम चालेको हो।

विश्वव्यापी रूपमा भ्रष्टाचारको निगरानी तथा त्यसविरुद्ध वकालत गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपाल च्याप्टरका रूपमा टीआई नेपाल सक्रिय छ। वरिष्ठ अधिवक्ता समेत रहेकी सविता भण्डारी बराल उक्त संस्थाकी साधारण सदस्य हुन् भने यसअघि पटक–पटक कार्यसमितिमा समेत निर्वाचित भइसकेकी थिइन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM