२०८२ माघ ९ गते, शुक्रबार ११:३३

सशस्त्र प्रहरीको संरक्षणमा तस्करी मौलायो

धनुषा । धनुषा जिल्लाको जटही सीमा नाका पछिल्ला महिनामा अवैध तस्करीको मुख्य केन्द्रका रूपमा उभिँदै गएको छ। मधेश प्रदेशको राजधानी रहेको यस क्षेत्रका ठूला तस्कर समूहहरूले छुट्टाछुट्टै रुट बनाएर संगठित रूपमा तस्करी धन्दा सञ्चालन गरिरहेको स्थानीय स्रोतहरूले बताउँदै आएका छन्।

स्थानीयका अनुसार उमेश, नरेश, बीरु गब्बर, सन्तुल्ला, रञ्जित, मनिषसहितका व्यक्तिहरू विभिन्न तस्करी संचालनमा संलग्न रहेको आशंका निरन्तर उठ्दै आएको छ। जटही नाका तथा छेउछाउका मार्गहरू हुँदै चाइनिज लसुन, स्याउ, मटर-केराउ, रक्सी, टुथपेष्टजस्ता वस्तु भारततर्फ निकासी हुने तथा भारतबाट कपडा, हार्डवेयर, किराना, चप्पल लगायतका उपभोग्य सामग्री नेपालतर्फ अवैध रूपमा भित्रिने गिरोह सक्रिय रहेको सुरक्षा स्रोतले जनाएका छन्।

सशस्त्र प्रहरी बलको प्रस्तावित गुल्म, जटही, अन्तर्गतका डिएसपी तेजराज शर्माको कार्यक्षेत्रमा एक साताभित्रै दुईपटक ठूलो मात्रामा काजु बरामद भएपछि उनीमाथि गम्भीर प्रश्न उठेको छ। मंसिर १५ गते १,३७० किलो अवैध काजु बरामद भएको थियो भने मंसिर २२ मा फेरि १,०५० किलो काजु त्यही क्षेत्रमा नियन्त्रणमा पर्‍यो। दुई हप्ताभित्रै दोहोरिएको यस घटनाले सुरक्षा व्यवस्थाप्रति मात्र होइन, इन्चार्जकै भूमिकाप्रति शंका गर्दै स्थानीयमा चर्चा चुलिएको छ।

सुरक्षा निकायभित्रका स्रोतहरूका अनुसार, यति ठूलो परिमाणका सामान लगातार बरामद हुनु सीमा सुरक्षा कमजोरीका कारण मात्र होइन, ‘भित्री मिलेमतो’को परिणाम हुन सक्ने संकेत प्रष्ट हुन्छ। प्रस्तावित गणको नजिकैबाट पटक-पटक भारी परिमाणको तस्करी समातिनु इन्चार्जको जानकारीबिना सम्भव नहुने स्थानीयहरूको दाबी छ। यसैबीच, डिएसपी शर्मालाई प्रारम्भिक कारबाहीका लागि बाहिनी तानिएको पनि सुरक्षास्रोतहरूले पुष्टि गरेका छन्।

जटही क्षेत्रमा सक्रिय तस्कर समूहहरूले महिनावारी बुझाएर व्यवसाय निर्बाध सञ्चालन गरिरहेको दाबी स्रोतहरूले गरेका छन्। यसले सुरक्षा गस्ती हुँदा पनि वास्तविक नियन्त्रण प्रभावकारी हुन नसकिरहेको देखिन्छ। चाइनिज लसुनदेखि रक्सी, स्याउ, मटर-केराउसम्मको अवैध कारोबार बढ्दै जाँदा वैध व्यापार प्रभावित भएको, बजार मूल्य अस्तव्यस्त भएको र स्थानीय युवाहरू तस्करीसँग जोडिन थालेको स्थानीयवासीको गुनासो छ।

जटही नाकाको भौगोलिक खुलापन, पर्याप्त निगरानी अभाव, र स्थानीय प्रशासनबीच समन्वय कमजोर हुनु तस्करी बढ्नुको मुख्य कारण हो। सशस्त्र प्रहरी बलले गस्ती र निगरानी बढाएको दाबी गरे पनि स्थानीयले अझै कठोर कडाइ, प्रभावकारी अनुगमन र स्वच्छ छानबिन आवश्यक रहेको बताइरहेका छन्।

लगातारको बरामद, बढ्दो अवैध कारोबार र इन्चार्जमाथिको शंकाले जटही नाकाको सुरक्षा संरचना पुनः मूल्यांकन गर्नुपर्ने आवश्यकता बलियो हुँदै गएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM