२०८२ माघ ९ गते, शुक्रबार ११:३३

सशस्त्रका घुमुवा हेडक्वार्टर तानियो, एसपी पनि छानबिनमा

वीरगंज। सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वार्टर पर्सामा कार्यरत एसपी पुरनचन्द्र भट्टले सादा पोशाकमा परिचालन गरेका घुमुवा जवान रामराज यादवलाई काठमाडौंस्थित मुख्यालय तानिएको छ।

विगत पाँचदेखि छ वर्षसम्म पर्सामा कार्यरत यादवलाई संगठनको नीति विपरीत एकै जिल्लामा लामो समय रहन र अवैध असुली तथा तस्करीमा संलग्न भएको गुनासो आएसँगै उनलाई पर्साबाट हटाइएको हो।

घुमुवा यादवको स्थानान्तरण भए तापनि, एसपी भट्टका प्रमुख सहायक र घुमुवा कमान्डर, सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्ल भने अझै पर्सामा असुली कार्यमा संलग्न छन्।

स्रोतका अनुसार, मल्ललाई डोल्पामा सरुवा भएपनि भट्टले उनलाई ‘काजमा राखेर’ पर्सामा काममा परिचालन गरेको खुलासा भएको छ। यसबाट भट्टको नेतृत्वमा घुमुवा जवानहरूले तस्करी र अवैध असुलीमा संलग्न रहेको पुष्टि भएको छ।

रामराज यादव स्थानीय तस्करहरूसँग मिलेर ठूलो रकम असुली गर्ने र तस्करीको कारोबार चलाउने कार्यमा सक्रिय रहेको गुनासो प्राप्त भएको छ। यसअघि, यादवलाई धनुषा जिल्लामा सरुवा गरिएको थियो, जहाँ उनी माथि धेरै उजुरी र गुनासो प्राप्त भएका थिए।

अहिले एसपी भट्ट र यादवको विवादका कारण हेडक्वार्टरले छानबिन सुरु गरेको छ। एसपी भट्टका विरुद्धमा भन्सार छली र तस्करी नियन्त्रणमा असफल रहेको आरोप लगाइएको छ।

यस घटनाले सशस्त्र प्रहरी बलका नीति र कार्यशैलीप्रति प्रश्न उठाएको छ, जहाँ घुमुवा प्रणालीको अन्त्य गर्ने निर्देशन भएको भएपनि पर्सामा यसलाई निरन्तर प्रयोग गरिरहेको देखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM