२०८२ माघ ९ गते, शुक्रबार ११:१८

बैंक पीडितद्वारा जिल्ला प्रहरी कार्यालय परिसरमै आत्मदाहको प्रयास

सर्लाही। गरिमा विकास बैंकको कर्जासम्बन्धी विवादमा वर्षौँदेखि न्याय खोज्दै आएका नथुनी मुखिया आज सर्लाही जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमै पेट्रोल खन्याई आत्मदाह प्रयासमा उत्रिएका छन्। आर्थिक शोषण, प्रशासनिक बेवास्ता र न्यायिक ढिलासुस्तीले थिचिएर आफू ‘बाध्य’ भएको भन्दै मुखियाले प्रहरी सामु नै “अब म कहाँ जाऊँ?” भन्दै आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाउने कोसिस गरेका थिए।

घटनास्थलमै उपस्थित प्रहरीले तत्काल नियन्त्रण लिएपछि ठूलो दुर्घटना टरेको छ। प्रहरीको हस्तक्षेपपछि मुखियालाई उपचारका लागि अस्पताल लगिएको र हाल अवस्था सामान्य रहेको बताइएको छ।

परिवार तथा स्थानीयका अनुसार गरिमा विकास बैंकले मुखियाको जग्गा–जमिन, घर-गोठ र जीवनभरको भरोसा लिलामी प्रक्रियामा अघि बढाएपछि उनी गम्भीर मानसिक तनावमा थिए। पीडितले प्रशासन, प्रहरी र अदालतसम्म गुहार्दा पनि “फाइल घुमाएर मात्र समय बिताइयो, न्याय भने पाइएन” भन्ने उनीहरूको भनाइ छ।

स्थानीयवासीहरूका अनुसार राज्य संयन्त्रले सुन्न नसकेको चित्कारले नै अन्ततः मुखियालाई प्रहरीको आँगनमै यस्तो कठोर कदम चाल्न बाध्य बनायो।

उनका एक नजिकका आफन्त भन्छन्, “बैंकले थिच्यो, प्रशासनले हेप्यो, अदालतले हेरेन। अब यस्तो अवस्थामा भुइँमान्छेले कहाँ जाने?”

घटनापछि पीडित परिवारले बैंकका जिम्मेवार अधिकारी, प्रक्रिया रोक्न असफल प्रशासन र बेवास्ता गरेको भनिएको प्रहरीमाथि छानबिन गर्न माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले आत्मदाह प्रयास रोकिएको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

मलंगवामा भएको यस घटनाले आर्थिक शोषणबाट पीडित सर्वसाधारणको पीडा, राज्यका संयन्त्रहरूको निष्क्रियता र बैंकिङ्ग प्रणालीप्रति गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM