संखुवासभा/लामो समयदेखि रोकिँदै आएको संखुवासभा–जोड्ने महत्वपूर्ण बेलिब्रिज अब बन्ने पक्का भएको छ। मेयर बिपिन राईको लगातार पहल, समन्वय र अनवरत प्रयासपछि परियोजना अघि बढ्न सफल भएको हो।
परियोजना अघि बढेपछि मेयर राईले पूर्वमन्त्री दिपक खड्का, प्रदेशका माननीय, प्रदेश मन्त्री तथा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूलाई विशेष धन्यवाद व्यक्त गरेका छन्। उनले यो उपलब्धि सबैको सामूहिक प्रयास र जनताको चाहनाको नतिजा भएको बताए।
यससँगै दुुई पालिकाबीचको यातायात, सेवा–सुविधा र आर्थिक गतिविधिमा नयाँ सम्भावनाको ढोका खुलेको छ।
















