२०८३ बैशाख २३ गते, बुधबार २०:०१

विशेष अदालतको सफाइमा अख्तियारको ‘असहमति’, वाइडबडी भ्रष्टाचार प्रकरण सर्वोच्चमा

काठमाडौँ/वाइडबडी जहाज खरिदसम्बन्धी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री जीवनबहादुर शाहीसहित केहीले पाएको सफाइविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ।

विशेष अदालतले यसअघि २२ जनालाई सफाइ दिएको थियो। तर, उक्त फैसला चित्त नबुझेपछि अख्तियारले मंगलबार सर्वोच्चमा मुद्दा अघि बढाएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन्।

प्रवक्ता पौडेलका अनुसार, वाइडबडी जहाज खरिद प्रकरणमा कुल १ अर्ब ४७ करोड १० लाख रुपैयाँ भ्रष्टाचार भएको आरोपमा २०८० चैत २२ गते ३२ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।

अदालतको प्रारम्भिक फैसलाअनुसार, निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जना कर्मचारी र विक्रेता कम्पनीका सात जना विदेशी नागरिकलाई दोषी ठहर गरिएको थियो। बाँकी प्रतिवादीमध्ये केहीलाई आंशिक दोषी ठहर गरिएको थियो भने अन्यले सफाइ पाएका थिए।

अख्तियारले केही प्रतिवादीलाई आंशिक दोषी ठहर गरी बाँकीलाई सफाइ दिएको फैसला अस्वीकार्य ठानेर सर्वोच्चमा पुनरावेदन दायर गरेको प्रवक्ता पौडेलले बताए।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM