२०८३ बैशाख २३ गते, बुधबार २०:००

चरेश सहित मियाँ पक्राउ

वीरगंज/प्रतिबन्धित लागु औषध चरेशसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका-२५, प्रतिमा चोकस्थित सडकखण्डबाट एक व्यक्तिलाई शंकास्पद अवस्थामा चेकजाँचपछि नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति पर्साको धोबिनी गाउँपालिका-५ निवासी ४८ वर्षीय मियाँ हुन्। उनको साथबाट कालो प्लास्टिकले बेरिएको अवस्थामा चरेश जस्तो देखिने लागु औषध बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त चरेशको तौल करिब १० किलो २ सय ग्राम रहेको प्रहरीले जनाएको छ।

बरामद चरेश सहित मियाँलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर कानूनी प्रक्रिया अगाडि बढाइएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM