२०८३ बैशाख १६ गते, बुधबार २२:३९

बालेन्द्र साहलाई पितृशोक

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई पितृ शोक परेको छ। आइतबार नयाँ बानेश्वरस्थित सिभिल अस्पतालका लागि पुर्‍याइएका रामनारायण साहको आज निधन भएको हो।

साहको पिसाबमा संक्रमण भएपछि शरीरमा फैलिएको थियो। अस्पताल स्रोतका अनुसार शाहलाई हिजो अस्पताल ल्याउँदा नै होस थिएन। उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो।

आज बिहान प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर साहको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्। साहका श्रीमती, दुई छोरा र एक छोरी छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM