२०८२ मंसिर ११ गते, बिहीबार १४:१४

हवाई फायर गरी १५३ किलो गाँजा बरामद

सुनसरी। सुनसरीमा सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरी गाँजा बरामद गरेको छ ।जिल्लाको इनरुवा नगरपालिका-७ स्थित चाँदवेलाबाट आज बिहान सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरी १ सय ५३ किलो गाँजा बरामद गरेको हो ।सोही क्रममा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २० वर्षीय आदित्य चौधरी हुन् ।

चाँदवेलाबाट दक्षिणतर्फ जाँदै गरेको बा१५च २१७३ नम्बरको स्कारपियो पिकअप गाडी र को२ प ८३३१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा प्लास्टिकको प्याकेटमा बेरेर राखिएको अवस्थामा गाँजा फेला परेको थियो ।

गाडी र मोटरसाइकललाई अन्य मोटरसाइकलमा आउँदै गरेका व्यक्तिले स्कर्टिङ गरी ल्याउँदै गरेको अवस्थामा सो गाँजा नियन्त्रणमा लिने क्रममा नेपाल बोर्डर आउट पोस्ट साहेवगञ्जबाट खटिएको सशस्त्र प्रहरीले १ राउन्ड हवाई फायरसमेत गरेको थियो ।नियन्त्रणमा लिइएका व्यक्ति स्कारपियो गाडीका चालक रहेका छन् भने मोटरसाइकल चालक भने फरार भएका छन् ।चौधरीलाईआवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM