२०८२ कार्तिक २१ गते, शुक्रबार ०२:१०

कटुवा पेस्तोलसहित दुईजना पक्राउ

वीरगंज, १९ कात्तिक । सशस्त्र प्रहरी बल नेपाल पर्साले कटुवा पेस्तोल सहित दुईजनालाई बुधवार पक्राउ गरेको जनाएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको सशस्त्र प्रनाउ पुरूषोत्तम भण्डारीको कमाण्डमा ९ जना र भारतीय समकक्षी एएसबी ४७ बटालियन ए कम्पनी हेडक्वार्टर्स पन्टोकाबाट खटिएको ५ जनाको संयुक्त गस्ती टोलीले बुधवार १२ः३० बजेको समयमा कटुवा पेस्तोलसहित दुईजना नेपालीलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
जिल्ला पर्सा वी.म.न.पा.–१६, इनर्वा र भारतको जिल्ला पूर्वी चम्पारण नुनियाडी पंचायत –१, अहिर्वा स्थित सानो सीमा स्तम्भ नं ३९०/२२ नजिकै संयुक्त गस्ती गर्ने क्रममा नेपालतर्फबाट वीरगंजको कुम्हालटोल घर बताउने अन्दाजी वर्ष १८ को सुमित कुमार मण्डल र जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.–७ बस्ने अन्दाजी वर्ष २८ को संजय कुमार साह कलवार झाडीमा लुकी छिपी बसेको अवस्थामा पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
उनीहरुले बोरा भित्र कटुवा पेस्तोल थान–एक थान लुकाएको अवस्थामा फेला परेको हुँदा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी वल नेपाल नं.१३ गण हे.क्वा.पर्साका सूचना अधिकारी स.प्र.ना.उ.विश्वराज योन्जनले जानकारी गराएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM