२०८२ कार्तिक १३ गते, बिहीबार ०३:४७

सुनको मूल्य १७ हजार भन्दा बढ़ीले गिरावट

काठमाडौं । नेपाली बजारमा चार दिन यता निरन्तर सुनको मूल्य ओरालो लाग्ने क्रममा छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चार दिनमा सुन मूल्यमा १७ हजार दुई सयको गिरावट देखिएको छ।

आज सुन मूल्य प्रतितोला सात सय रुपैयाँ घटेको छ। आज सुन नेपाली बजारमा प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको हो।

मंगलबार पनि सुन तोलामा दुई हजार ९०० रुपैयाँले घटेर दुई लाख ३७ हजारमा कारोबार भएको थियो।

सोमबार पनि सुन मूल्य तोलामा दुई हजारले घटेर प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको थियो।

आइतबार भने सुन मूल्यमा भारी गिरावट देखिएको थियो। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै आइतबार नेपाली बजारमा पनि सुन मूल्य तोलामा ११ हजार ६०० ले घटेको थियो।

आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० ले घट्दा दुई लाख ४१ हजार ९०० मा कारोबार भएको थियो। त्यसअघि कात्तिक ३ गते सुन मूल्यले प्रतितोला दुई लाख ५३ हजार ५०० पुगेर नयाँ रेकर्ड कायम गरेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM