जलेशवर सरार्फ
रौतहट- अबैध तरिकाले रकम असुली गर्न खोजी भौतिक आक्रमण गर्छु भनि सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने आपराधिक गतिविधिमा संलग्न एक व्यक्तिलाई आज रौतहट प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रपुर नगरपालिका वडा नं ४ टेकानटोल बसोबास भई आएका अपराधीक गतिविधिमा संलग्न सोम गुरुङलाई आज साँझ बसन्तपुर बजारबाट प्रहरीले पक्राउ गरेको हो ।
निज गुरुङले चन्द्रपुर ४ का निर्माण व्यवसायी तेजविक्रम कार्कीलाई निज कै निवासमा गई मार्ने धम्की दिई सामाजिक सञ्जालमा भौतिक आक्रमण गर्ने भनि पोष्ट गरेपश्चात रौतहट जिल्ला अदालतले पक्राउ गरि अनुसन्धान गर्ने आदेश जारी गरेको हो ।
आरोपी सोम गुरुङले निर्माण व्यवसायी कार्कीलाई यसअघि पनि अबैध तरिकाले रकम असुली गर्न पटकपटक मार्ने सम्मको धम्कि दिइ सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने गरि विद्युतिय अपराध गरिरहेका थिए।
लागूऔषध सेवनकर्ता निज गुरुङले समाजमा यसअघि पनि मधेसी मुलका बालबालिकाहरुको गाउँ घरमा हिडडुल गरिरहेको अवस्थामा भिडियो बनाई यौनकर्मी हुन् भनि सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेका थिए। निज गुरुङले यसरी बिना सबुत प्रमाण बालबालिकाहरु समेतको फोटो खिचि भिडियो बनाई यौनकर्मी हुन् भनि पोष्ट गरेको भिडियो २३ लाख दर्शकहरुले हेरेको पाइन्छ भने हजारौले शेयर गरेको देखिन्छ।
गत भदौ २४ गतेको तोडफोडमा निज गुरुङले चन्द्रपुर नगरपालिका भवन, सांसद देवि प्रसाद तिमिल्सिनाको निजि निवास देखि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भवन समेत तोडफोड गरि आगजनी गर्ने कार्यमा संलग्न रहेको नाम नबताउने सर्तमा एक स्थानीय समाजसेवीले बताएका छन्। रौतहट जिल्ला प्रशासन कार्यालयका सहायक सिडिओ किरण निधि तिवारीको घरमा समेत आगजनी गरेका निज गुरुङले जेन्जि आन्दोलन पश्चात् समाजमा रहेका बुद्धिजीवी राजनितिज्ञ राजनितीकर्मी समेतलाई धम्क्याउने गरेको पाइएको छ।
निज गुरुङले आजै बिहान चन्द्रनिगाहपुर स्थित होटेल तराई ईन अगाडी पुर्व सांसद राम कुमार भट्टराई समेतलाई अभद्र तरिकाले व्यवहार गरिरहेको स्थानीयवासीले बताएका छन्।