२०८३ बैशाख १८ गते, शुक्रबार १८:३६

उजुरी दिने चौरसिया, बदमासी गर्ने चौरसिया र संरक्षण गर्ने चौरसिया: अजब काशी गज्जब नेपाल

वीरगंज/म कुटे जस्तो गर्छु, तिमी रोए जस्तो गर्नु भन्ने उख्खान अहिले वीरगंजको वडा नं. ५ मा चरितार्थ हुँदैछ। वीरगंज महानगरपालिकाद्वारा तोकिएको मापदण्डको उल्लंघन गर्दै नवल चौरसियाले बिना नक्सा पास गरेर भवन निर्माण कार्य गरिरहेका छन्।

स्थानीय नागरिक विद्यानन्द कुमारी बरैले असोज ३० गते वीरगंज महानगरपालिकामा निवेदन दर्ता गर्दै निर्माण कार्य रोक्न आग्रह गरेका थिए। सो निवेदन प्राप्त भएपछि, महानगरले नवल चौरसियालाई निर्माण कार्य रोक्का गरी नक्सापास लगायतका कागजात पेश गर्न पत्र पठाएको थियो।

तर, महानगरको पत्रलाई नवल चौरसियाले बेवास्ता गर्दै निर्माण कार्य रोक्ने कुनै कदम नचालेका छन्। यस घटनाले वीरगंज महानगरपालिकाको कार्यशैली र निर्माण कार्यका मापदण्डहरूको कार्यान्वयनमा प्रश्न उठाएको छ।

सधैँ सुशासनको कुरा गर्ने, पाँच पाँच पटक प्रधान पञ्च, वीरगंज महानगरको मेयर र सांसद समेत भइसकेका विमल श्रीवास्तवको घर नजिकै यस्तो मापदण्डविपरीत निर्माण कार्य हुनु र श्रीवास्तव मौन बसिरहनुले पनि अनेक आशंकासहितको प्रश्न उब्जाएको छ।

यस सन्दर्भमा वडाध्यक्ष चौरसियासँग बुझ्न खोज्दा सम्पर्कमा आएनन्।

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM