२०८२ कार्तिक २१ गते, शुक्रबार २०:३७

सुन पसलमा छापा मार्न गएको प्रहरीले गोली चलायो

जनकपुरधाम । जनकपुरको सोनारपट्टीमा गोली चलेको छ ।

एक सुन चाँदी व्यवसायीको पसलमा प्रहरी छापा मार्न पुगेको थियो । त्यस क्रममा व्यवसायीहरूले अवरोध गरेपछि प्रहरीले गोली चलाएको हो ।

व्यवसायीको अवरोधपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ ।

बिलबिजक बिनाको सुनचाँदी खरिद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली शुक्रबार साँझ छापा मार्न पुगेको थियो ।

कति राउन्ड फायर भएको भन्ने बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM