वीरगंज/शिक्षण पेशाजस्तो पवित्र कर्ममा लागेका कुनै समयका वीरगंजका चर्चित शिक्षक राजेन्द्र कोइरालाको विवादास्पद टिप्पणी यतिखेर बुद्धिजीविहरू बीच चर्चाको विषय बनेको छ।
शिक्षक राजेन्द्र कोईरालाको पछिल्लो व्यवहारले शिक्षा क्षेत्र मात्र होइन, सम्पूर्ण गुरु समुदायकै शिर निहुरिन पुगेको मात्र नभई शिक्षक कोईरालाले हाल सामाजिक सञ्जालमा देखाएको असभ्यपनले शिक्षण पेशाको आदर्श र मर्यादामाथि प्रश्नचिन्ह खडा गरेको छ।
विराटनगरका कुनै “गोरू बेचेको साइनो” जोड्दै, आफू पनि कोईराला परिवारकै भनी वर्षौंदेखि त्यस वंशीय नाताको लाभ उठाउँदै आएका राजेन्द्र कोईरालाले अहिले भने नेपाली कांग्रेसका संस्थापक नेतामध्ये एक, स्व. गिरिजाप्रसाद कोईरालामाथि विषवमन र असभ्य टिप्पणी गर्न थालेका छन्।
हालै जेन-जी आन्दोलनका क्रममा विराटनगरस्थित कोईराला निवासमा भएको आगजनीको तस्बिर प्रयोग गर्दै उनले फेसबुकमार्फत अपमानजनक टिप्पणी गरेका छन्, जसमा उनले गिरिजाप्रसाद कोईरालालाई “आतंककारीको प्रतीक”का रूपमा चित्रण गरेका छन्।
नेपालभरका काँग्रेस कार्यकर्ता, शुभेच्छुक र राजनीतिक चेत भएका नागरिकले यसलाई असंवेदनशीलता मात्र नभई शिक्षक पदको अपमानका रूपमा लिएका छन्।
स्मरण रहोस्, सो आन्दोलनका क्रममा सिंहदरबारदेखि सर्वोच्च अदालत र राष्ट्रपतिको निवाससम्ममा आगजनी भएका थिए, दर्जनौँ नागरिकले ज्यान गुमाएका थिए र खरबौँ मूल्यका सार्वजनिक सम्पत्ति नष्ट भएका थिए। तर, एक शिक्षकले त्यस्तो कालखण्डलाई व्यक्तिगत आक्रोशको माध्यम बनाउनु, नैतिकताको दृष्टिले गम्भीर प्रश्न हो।
त्योभन्दा पहिला पनि राजेन्द्र कोईराला दुई दशकपछि वीरगंजमा देखापरेका थिए। वीरगंजमा राम्ररी सञ्चालन भइरहेको करेन्ट ल्याङ्ग्वेज इन्स्टिच्युट उनले रहस्यमय रूपमा बन्द गरेपछि उनी ज्ञानदा एकेडेमीमा प्रमुख प्रबन्धक बनेका छन् । शिक्षण क्षेत्रबाट व्यापारिक व्यवस्थापनतर्फको उनीहरूको तीव्र रूपान्तरणबारे अनेक प्रश्न उठ्दै आएका छन् तर तिनको स्पष्ट जवाफ आजसम्म प्राप्त भएको छैन।
यस सन्दर्भमा कोईरालासँग सम्पर्क गर्दा उनले भने, “अहिलेको जेनरेशनलाई थाहा नभएको पुरानो मिडियाको उद्धरण मैले राखेको हुँ। मैले विचार नगरि होइन, जानकारीका लागि मात्र पोस्ट गरेको हुँ,” भन्दै बचाउ गरे।
तर, थप प्रश्न राख्न खोज्दा उनले “भेटौँला नि है” भन्दै फोन काटेका थिए।
राजेन्द्र कोईरालाको यस्तो दोहोरो व्यवहार- एकातिर शिक्षाको मर्यादा र आदर्शको प्रवचन, अर्कातिर घृणा र असन्तुलित टिप्पणीले अहिले बुद्धिजीवी समुदायभित्र गम्भीर बहस जन्माएको छ।
शिक्षकको पहिचान बोकेका व्यक्तिबाट यस्तो असभ्य र विवादास्पद अभिव्यक्ति आउनु, समाजमा शिक्षकप्रतिको विश्वासमै आघात पुगेको रूपमा लिइँदैछ। राजेन्द्र कोईराला चारित्रिक हिसावले आफ्नो समाजमा “लेडी किलर” कोे पहिचान स्थापित गर्न सफल भएका छन्
















