२०८२ आश्विन २५ गते, शनिबार २२:४३

बालेन र सुदनलाई ‘हिंसक, हत्यारा र विदेशी दलाल’ लेखिएको ब्यानर माइतीघरमा राखियो

काठमाडौं । माइतीघरमा राखिएका नेकपा (एमाले) नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्षनेतृत्वको तस्वीर अंकित ब्यानर केही बेरअघि एक समूह आएर हटाएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस नेतृ आरजु राणा, पूर्वगृहमन्त्री रमेश लेखक, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई ‘भ्रष्टाचारी हुँ…लगायत उल्लेख गरी ब्यानर टाँगेका थिए ।

उक्त ब्यानर निकालेर बुधबार साँझ एक समूह काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) र जेन-जी समूहका सुदन गुरुङको तस्वीर अंकित ब्यानर राखेको छ । साह र गुरुङलाई हिंस्रक, हत्यारा, विदेशी दलाल अंकित ब्यानर टाँगिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM