२०८२ आश्विन २६ गते, आईतवार ०४:२४

४८ करोडको अनियमितता प्रकरण: नेपाल प्रहरीले पोसाक खरीद टेन्डर रद्द गर्‍यो

काठमाडौँ । पोसाक लगायतका सामग्री खरिदमा ४८ करोड रुपैयाँको अनियमितता भएको समाचार सार्वजनिक भएपछि नेपाल प्रहरीले आज सो टेन्डर रद्द गर्ने निर्णय गरेको छ।

प्रहरी प्रधान कार्यालय, नक्सालले गत साउन ५ गते (२१ जुलाई, २०२५) प्रकाशित गरेको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वानमार्फत “कम्पलीट चुस्ता ड्रेस सेट, डीएमएस बूट, पार्का जैकेट, वुलेन क्लॉथ” लगायत २५ शीर्षकमा सामान खरिद प्रक्रिया अघि बढाएको थियो। तर खरिद प्रक्रियामा अनियमितता भएको भन्ने समाचार सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो।

उक्त टेन्डरमा पारदर्शिता नअपनाइ विभिन्न आपूर्तिकर्ता कम्पनीसँग मिलेमतो गरी बोलपत्र प्रक्रिया अघि बढाइएको र प्रत्यक्ष रूपमा ४८ करोड रुपैयाँ बराबरको वित्तीय अनियमितता भएको आरोप बाहिरिएको थियो।

यही कारणले प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामार्फत हाललाई टेन्डर रद्द गरिएको जनाएको छ। साथै, आगामी दिनमा आवश्यक सुधारसहित फेरि प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।

सुरक्षाकर्मीलाई आवश्यक पोसाक तथा सामग्री खरिदजस्तो संवेदनशील विषयमा पनि भ्रष्टाचार र अनियमितता देखिनु प्रहरी प्रशासनकै छवि माथि गम्भीर प्रश्न उठेको टिप्पणी गरिँदैछ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM