२०८२ आश्विन २६ गते, आईतवार ०४:२४

माओवादी केन्द्रिय समिति भङ्ग

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति भङ्ग गरिएको छ ।

दुई दिनदेखि काठमाडौंमा बसेको सातौँ केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्तावअनुसार केन्द्रीय समिति भंग गरिएको हो ।

प्रचण्डको प्रस्ताव बमोजिम माओवादीले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय भएको छ।

शुक्रबार सकिएको बैठकले केन्द्रीय कमिटी भङ्ग गरेर प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी गठन गरिएको छ ।

बैठकले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचन गराउन अन्तरिम सरकारलाई सहयोग गर्ने पनि निर्णय पनि गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM