काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले कुशासनविरुद्धको आन्दोलनपछि नयाँ परिस्थिति सिर्जना भएको भन्दै प्रहरीले राजनीतिबाट प्रेरित नभई कानूनबमोजिम कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को लाजिम्पाटस्थित कार्यालय निरीक्षण गर्दै गृहमन्त्री अर्यालले त्यस्तो निर्देशन दिएका हुन् ।
‘पहिला कुशासन थियो, त्यसकारण आन्दोलन भयो’, उनले भने, ‘अब सुशासनका निम्ति प्रहरीले कानूनबमोजिमका कामहरू प्रभावकारी ढंगले गर्दै जानुपर्ने छ ।’
उनले प्रहरीलाई कुनै पनि काम राजनीतिक आधारमा प्रेरित नभई कानूनबमोजिम गर्न भनेका छन् ।