२०८२ आश्विन २६ गते, आईतवार ०६:३८

वरिष्ठ अधिवक्ता भण्डारीको नेतृत्वमा नेपाल नागरिक पार्टी

काठमाडौं/वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नेपाल नागरिक पार्टीको दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिनुभएको छ। भण्डारीले ५४ सदस्यीय समूहको नेतृत्व गर्दै पार्टी दर्ता गर्नको लागि आयोगमा औपचारिक निवेदन दर्ता गराएको जानकारी दिनुभयो। उहाँका अनुसार, सो पार्टीको दर्ता संख्या ४७७ रहेको छ।

नयाँ दलको स्थापना नेपालको नागरिक र मुलुक बीच घनिष्ट सम्बन्धको सुदृढीकरण र विश्वास निर्माण गर्ने उद्देश्यले गरिएको बताउनुभयो। “देशभक्ति, नागरिकतन्त्र र प्रगतिशिलताको सिद्धान्तमा विश्वास राख्ने नागरिकहरुको एकताको परिणामस्वरूप नेपाल नागरिक पार्टी गठन भएको हो,” उहाँले थप्नुभयो।

पार्टी दर्ताको प्रक्रिया पुरा गर्न केही समय लाग्ने उहाँले बताएका छन्। उहाँका अनुसार, दलको दर्ता प्रक्रिया जारी राख्दै अघि बढ्ने छन्। साथै, भण्डारीले राजनीतिमा सिद्धान्तनिष्ठता अत्यन्त आवश्यक भएको र भ्रष्टाचारको कुनै ठाउँ नहुने धारणा व्यक्त गर्दै भन्नुभयो, “राजनीतिमा कदापि भ्रष्टाचारको अवकाश हुन सक्दैन। २१औं शताब्दीमा गरिबीको अस्तित्व सह्य हुन सक्दैन।”

नेपाल नागरिक पार्टी संविधानिक आधारमा काम गर्ने, देशको समृद्धि र नागरिकका अधिकारको रक्षा गर्ने आफ्नो प्रतिबद्धता पुन: व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM