२०८२ आश्विन २५ गते, शनिबार १९:१३

सुनको भाउमा अर्को कीर्तिमान

काठमाडौं । बुधबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख २३ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । विगत तीन दिनदेखि लगातार मूल्यले रेकर्ड बनाइरहेको छ । अघिल्लो दिन २ लाख २१ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २६८० रुपैयाँ रहेको चाँदी आज २७०० पुगेको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM