२०८२ आश्विन २५ गते, शनिबार १९:१३

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिबाट विजयादशमी–२०८२ का शुभ साइत सार्वजनिक

– अंकित ध्वज खड्का

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले २०८२ सालको विजयादशमीको टीका लगाउने शुभ साइत विभिन्न मुलुकका लागि सार्वजनिक गरेको छ । समितिको २०८२ असोज ४ गते बसेको बैठकले निर्णय गरेको साइतअनुसार नेपालमा विजयादशमी (असोज १६ गते) दिउँसो ११ः४३ बजे टीका लगाउन उपयुक्त समय तोकिएको छ ।

समितिका अनुसार विभिन्न मुलुकमा रहेका हिन्दू धर्मावलम्बीहरूका लागि स्थानअनुसार फरक–फरक साइत निर्धारण गरिएको हो । भारतको दिल्लीमा ११ः४९ बजे, अमेरिकाको न्युयोर्कमा ११ः५१ बजे, अष्ट्रेलियाको सिड्नीमा ११ः५२ बजे, बेलायतको लण्डनमा ११ः५२ बजे, युएईको दुबईमा ११ः५४ बजे, कतारको दोहामा ११ः५४ बजे र जापानको टोकियोमा ११ः५६ बजे शुभ साइत निर्धारण गरिएको छ ।

समितिले सार्वजनिक गरेको तालिकामा युरोप, अमेरिका, एसिया र अष्ट्रेलियाका विभिन्न शहरमा टीका लगाउने साइत उल्लेख गरिएको छ । समितिका अध्यक्ष प्रा.डा. माधव भट्टराई र सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा उल्लेख छ कि साइतको तालिका स्थानीय समयअनुसार तोकिएको हो ।

समितिले सबैलाई निर्धारित साइतमै टीका लगाउन आग्रह गर्दै विजयादशमी–२०८२ को हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM