२०८२ माघ ५ गते, सोमबार १७:४८

पुस्तागत विभाजन र प्रविधि मोह : नेपालको भविष्यको वास्तविक चुनौती

“आजको पुस्ता मोबाइल स्क्रिनमै संसार देख्छ, तर त्यो संसारले तिनीहरूलाई वास्तविक जीवनको धर्तीभन्दा टाढा पुर्‍याइरहेको छ। पुराना पुस्ताले जीवनलाई अनुभव र श्रमको भुँइमा उभिएर बुझेका थिए, तर नयाँ पुस्ताले आभासी जगतलाई नै सत्य ठानेको छ। यही प्रवृत्तिले पुस्ताबीच संवादलाई मात्र होइन, भावनात्मक सम्बन्धलाई समेत कमजोर बनाइरहेको छ।”

– सन्तोष मिश्र

मानव सभ्यताको इतिहासमा उमेर र पुस्तालाई आधार बनाएर क्षमताको मूल्याङ्कन गर्ने प्रवृत्ति कहिल्यै यथार्थसंगत भएको छैन। मानिसलाई उमेरको आधारमा छुट्याउनु वा उसले कुन वर्षमा जन्म लियो भन्ने हिसाबले उसको योग्यताको मूल्यांकन गर्नु, वस्तुतः विभेदको अर्को रूप हो। तर पछिल्लो समय विश्वमा मात्र होइन नेपालमा पनि “Gen X, Gen Y, Gen Z” भन्ने कृत्रिम विभाजनलाई सत्यझैँ स्थापित गर्ने प्रयास भैरहेको छ। यो सोचले मानिसलाई उसको वास्तविक प्रतिभा र सामर्थ्यभन्दा बाहिर कुनै काल्पनिक घेराभित्र राख्छ र त्यसैलाई आधार बनाएर उसको भविष्यको अनुमान गरिन्छ। यसरी पुस्तागत विभाजनलाई आधार बनाएर समाजलाई अलग-अलग समूहमा बाँड्ने काम, वस्तुतः एउटा योजनाबद्ध प्रयोग हो जसको दीर्घकालीन उद्देश्य समाजलाई विखण्डन गर्ने हो।

समाजशास्त्रको गहिरो दृष्टिले हेर्दा, पुस्ता भन्नाले जीवनका भोगाइ, संस्कार, समयानुकूलको अनुभव र सामूहिक चेतनालाई बुझिन्छ। तर अहिलेको विभाजनमा यी कुनै पनि तत्वलाई महत्व दिइएको छैन। केवल जन्मको वर्ष र दशकलाई आधार बनाएर एउटा समूहलाई “Gen Z” र अर्को समूहलाई “Gen Alpha” भनेर नाम दिनु कस्तो हास्यास्पद छ भन्ने कुरा सामान्य विवेकले नै देखाउँछ। अझ खतरनाक कुरा के छ भने यसलाई मिडिया, शिक्षण संस्थान र सामाजिक सञ्जालमार्फत यति धेरै दोहोर्याइयो कि अब धेरै युवाले आफूलाई वास्तवमै “Gen Z” भनेर परिचय दिन गर्व गर्न थालेका छन्। उनीहरूले बुझेनन् कि यो नामकरण उनीहरूको शक्ति वृद्धि गर्न होइन, बरु उनीहरूलाई सीमित परिधिमा राखेर प्रयोग गर्नका लागि गरिएको हो।

यदि हामी नेतृत्व र सफलताको कुरा गर्ने हो भने आज विश्व राजनीति नियाल्दा ठ्याक्कै उल्टो सत्य देखिन्छ। आजका प्रमुख विश्व नेताहरू, चाहे ती पुटिन हुन्, मोदी हुन्, ट्रम्प हुन्, नेतान्याहु हुन् वा सि जिनपिङ हुन्, कसैलाई पनि “Gen Z” भनिँदैन। उनीहरूको उमेर सात दशक नाघेको छ। तर त्यही उमेरमा बसेर उनीहरूले विश्व राजनीति र शक्ति सन्तुलनलाई नियन्त्रण गरिरहेका छन्। यसले के स्पष्ट पार्छ भने नेतृत्व उमेरसँग होइन, अनुभव, विचारको गहिराइ, राजनीतिक कौशल र रणनीतिक दृष्टिकोणसँग सम्बन्धित हुन्छ। युक्रेनका जेलेन्स्की उमेरका हिसाबले कान्छा नेता हुन् तर उनको देशले आज जुन पीडा भोगिरहेको छ, त्यो ठ्याक्कै देखाउँछ कि उमेर कम हुनु मात्र चमत्कार होइन। विवेक र परिपक्वताको कमीले सारा राष्ट्रलाई संकटमा धकेल्छ।

तर नेपालमा अहिले खतरनाक किसिमको कथा बुन्ने काम भइरहेको छ। नयाँ पुस्ता नै चमत्कारी हो भन्ने धारणा जति फैलाइन्छ, त्यति नै यो देश असली चुनौतीहरूबाट विमुख बन्छ। युवालाई भविष्यको जिम्मेवारी लिन प्रोत्साहित गर्नु राम्रो कुरा हो, तर उनीहरूलाई “तिमीहरू जन्मजात चमत्कारिक छौ” भन्ने भ्रममा राख्नु तिनीहरूलाई वास्तविक मिहिनेत र ज्ञान-संचयबाट टाढा राख्नु हो। यसरी युवालाई आत्मसन्तुष्ट पारेर अरूलाई “असफल पुस्ता” भनेर अस्वीकार गरिनु खतरनाक खेल हो।

“नेपालको भविष्य प्रविधिको चमत्कारमा मात्र निर्भर छैन, बरु यसले आफ्नो माटो, पुर्खाको ज्ञान र संस्कृतिसँग सन्तुलनमा रहन सक्दाको क्षमतामा निर्भर छ। यदि हामीले पुस्तागत विभाजनलाई सहकार्यमा बदल्न सकेनौं भने, हामीले पाउनु पर्ने अवसरहरू गुम्नेछौं र समाज अझ विभाजित हुँदै जानेछ।”

वास्तविकता के छ भने आज धेरै नेपाली युवाको अवस्था विरोधाभासी छ। उनीहरूको हातमा स्मार्टफोन छ, उनीहरूले इन्टरनेट प्रयोग गर्छन्, क्यान्भा वा च्याटजीपीटी चलाउँछन्, टिकटक, पब्जी, फ्रीफायर खेल्छन्। तर यस बाहेक उनीहरूको ज्ञानमा गहिराइ छैन। प्राविधिक प्रयोगमा देखिने चमक-दमक बाहिर अर्कोतिर नैतिकता, संस्कार, समाजप्रतिको जिम्मेवारी, धर्म र अध्यात्मबारे गहिरो बुझाइ प्रायः शून्य देखिन्छ। कसैलाई काममा लगाउँदा तिनको वास्तविक अनुभव कति कमजोर छ भन्ने कुरा सहजै प्रष्ट हुन्छ। थोरै अपवादलाई छोड्ने हो भने ठूलो हिस्सा अझै सतही प्रविधि प्रयोगमै सीमित छ।

यदि यो पुस्ता साँच्चिकै सचेत र चमत्कारी हुन्थ्यो भने, देशका प्रमुख राष्ट्रिय प्रश्नमा उनीहरूको आवाज गुञ्जिन्थ्यो। तर विडम्बना के छ भने लिपुलेकको भूमि अतिक्रमण हुँदा पनि, एमसीसी सम्झौता पारित हुँदा पनि, राष्ट्रिय परिचयपत्र जस्ता संवेदनशील मुद्दा आउँदा पनि उनीहरू मौन देखिए। कोभिडको समयमा औषधि र खोपका विषयमा प्रश्न नगरी अन्धविश्वासपूर्वक सहभागी भए, GMO बीउका कारण कृषि स्वाधीनता संकटमा पर्दा आवाज उठाएनन्, समाजको संरचनामा असर पार्ने विदेशी परियोजनाहरूका विषयमा विमर्श गर्न आवश्यक ठानेनन्। यसरी मौन रहनु केवल अज्ञानताको कारण मात्र होइन, विदेशी शक्तिहरूले बनाइदिएको “कथा” भित्र फस्नु पनि हो।

नेपाल भौगोलिक-राजनीतिक दृष्टिले संवेदनशील देश हो। यहाँका मूल्य, संस्कार र धार्मिक पहिचानलाई कमजोर पार्न बाह्य शक्ति सधैं सक्रिय हुन्छन्। हिन्दुराष्ट्रको पहिचानलाई समाप्त गर्ने प्रयास देखिन्छ, इसाईकरण र पश्चिमी भोगवादी संस्कृतिको विस्तार भइरहेका छन्। संविधान र कानुनभित्रै द्वैध प्रावधान राखेर दीर्घकालीन अस्थिरता कायम राख्ने योजना बनाइन्छ। यसरी बाहिरबाट चलाइएको खेललाई बुझ्न र प्रतिरोध गर्नुपर्ने पहिलो जिम्मेवारी युवामाथि छ। तर जब उनीहरू सतही चमकमा रमाइरहेका हुन्छन्, बाहिरको षड्यन्त्रले अझ सहजै मार्ग पाउँछ।

टेक्नोलोजी आफैंमा खराब होइन। यो अवसर पनि हो। तर टेक्नोलोजीलाई मात्र चमत्कार ठान्नु भ्रम हो। आजको पुस्ताले बुझ्न जरुरी छ कि टेक्नोलोजी अस्थायी हुन्छ, त्यसको आयु छोटो हुन्छ। आज फेसबुक छ, भोलि अर्काले प्रतिस्थापन गर्छ। आज च्याटजीपीटी छ, भोलि अर्को एपले स्थान लिन्छ। इन्टरनेटमा निर्भर समाजलाई यदि कुनै कारणले ब्ल्याकआउट भयो भने के हुन्छ? के टेक्नोलोजी मात्रमा भर पर्ने जीवनशैली निरन्तर रहन्छ? उत्तर स्पष्ट छ-रहँदैन।

तर विपरीततर्फ हेर्दा, सनातन ज्ञान हजारौँ वर्ष टिकेको छ। वेद, उपनिषद, गीता, योग र आयुर्वेद आज पनि उत्तिकै प्रासंगिक छन्। गीता पढ्दा मानवले कर्तव्य, धर्म र सन्तुलन सिक्छ। योग र आयुर्वेद पश्चिमी विज्ञानले प्रमाणित गरेको जीवनशैली हो। “माटो नै जीवन हो” भन्ने पुर्ख्यौली भनाइ आजको जलवायु परिवर्तनको बहससँग प्रत्यक्ष सम्बन्धित छ। यसले देखाउँछ कि पुर्खाको ज्ञान केवल पुरानो कथा होइन, भविष्यको जीवनशैली हो।

त्यसैले नेपालको भविष्य निर्माणमा वास्तविक उपाय भनेको प्रविधि र परम्पराको संयोजन हो। प्रविधिको उपयोग गर्दै तर जरा भने संस्कृतिमा गाडेर अघि बढ्न जरुरी छ। हाम्रो पुस्ताले बुझ्नुपर्छ कि विश्वसँग प्रतिस्पर्धा गर्नको लागि हामीले उसलाई मात्र नक्कल गर्नु पर्दैन, बरु उसलाईभन्दा अगाडि बढ्ने वैकल्पिक मार्ग देखाउनुपर्छ। त्यो मार्ग भनेको सनातन ज्ञान र आधुनिक प्रविधिको सम्मिश्रण हो।

नेपालमा बसि-बसि खान पुग्छ भन्ने रहस्य बाहिरका शक्तिलाई थाहा छ, तर हामी आफैंलाई थाहा छैन। प्राकृतिक स्रोत, धार्मिक संस्कृति र भौगोलिक विविधताको यस्तो खजाना हामीसँग छ, जसलाई विश्वका अन्य देशले लखेटेर खोजिरहेका छन्। तर जबसम्म हाम्रो युवा पुस्ताले आफ्नो माटो, धर्म र पुर्खाको ज्ञानलाई चिन्न सक्दैन, तबसम्म प्रविधिको चमकले केही दिन चम्काए पनि दीर्घकालीन भविष्य निर्माण गर्न सक्दैन।

युवालाई यसबारे सचेत गराउन जरुरी छ-वास्तविक चमत्कार प्रविधिमा होइन, हाम्रो भूमिमा छ; पुर्खाको ज्ञानमा छ; सनातन मूल्यमा छ। टेक्नोलोजी एक साधन हो, लक्ष्य होइन। यदि हामीले यसलाई केवल उपभोगको साधन बनाएर सीमित गर्‍यौं भने, बाह्य शक्तिले चलाएको षड्यन्त्र सजिलै सफल हुन्छ। तर यदि हामीले प्रविधिलाई प्रयोग गर्दै आफ्नो कथा, आफ्नो मूल्य र आफ्नो ज्ञानलाई विश्वभर फैलायौं भने, त्यही प्रविधि हाम्रो शस्त्र बन्न सक्छ।

उमेरको आधारमा विभेद नगरी, वास्तविक क्षमता पहिचान गर्ने। नयाँ पुस्ताले पुरानो पुस्ताको अनुभवसँग हातेमालो गर्न जरुरी छ। पुरानो पुस्ताले युवामा छिपिएको ऊर्जा र जिज्ञासालाई सही दिशा दिन जरुरी छ। यसरी पुस्ताबीचको समन्वय नै भविष्यको मार्ग हो। कुनै पनि पुस्ता स्वतन्त्र चमत्कारिक हुँदैन। चमत्कार त्यतिबेला हुन्छ, जब सम्पूर्ण पुस्ताले साझा ज्ञान, साझा जिम्मेवारी र साझा संस्कृतिलाई आत्मसात् गर्छन्।

नेपालको भविष्य कुनै बाह्य शक्तिले होइन, हामी आफैंले निर्माण गर्ने हो। प्रविधि हामीलाई केही समयको लागि चमक दिन सक्छ तर असली पहिचान र दीर्घकालीन शक्ति हाम्रो भूमिमा गाडिएको सनातन संस्कृतिमा छ। त्यसैले आजको चेतावनी यो हो कि पुस्तागत विभाजन र टेक्नोलोजी मोहमा फस्नुको साटो, हामीले आफ्नो माटो, धर्म र पुर्खाको ज्ञानलाई आत्मसात् गर्दै प्रविधिलाई केवल साधन बनाउनु पर्दछ। नत्र जुनसुकै पुस्ता आए पनि, परिणाम उस्तै हुनेछ – भ्रम, निर्भरता र विखण्डन। तर यदि हामीले आजै बाटो मोड्यौं भने, नेपालले केवल आफ्नो अस्तित्व जोगाउने मात्र होइन, विश्वलाई नै नेतृत्व गर्ने शक्ति पुनः प्राप्त गर्नेछ।

 

(यो आर्टिकलमा उल्लेख भएका केहि भाव संजीव न्यौपानेको सामाजिक संजालबाट लिईएको छ)

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM