२०८२ आश्विन २५ गते, शनिबार २२:४३

आन्तरिक किचलोबीच नाउपाको बैठक आह्वान

काठमाडौं । आन्तरिक विवादबीच नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संस्थापक केन्द्रीय सदस्य र पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको संयुक्त बैठक आह्वान गरेको छ।

अध्यक्ष रञ्जिता श्रेष्ठले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य, पालिका प्रमुख–उपप्रमुखसहित संस्थापक केन्द्रीय सदस्यलाई बैठकमा सहभागी हुन आग्रह गरेकी छन्। बैठक भदौ १५ र १६ गते काठमाडौंको जमलस्थित होटल यलो प्यागोडामा बस्ने कार्यक्रम तय गरिएको छ।

श्रेष्ठका अनुसार बैठक भदौ १५ गते दिउँसो १ बजेबाट प्रारम्भ हुनेछ। बैठकका लागि पाँचवटा एजेन्डा तय गरिएको छ। तीमध्ये समसामयिक राजनीतिक परिस्थिति, विधान संशोधन, केन्द्रीय सदस्य मनोनयन, निर्वाचन आयोगमा पार्टी अद्यावधिक र अन्य विविध विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM