२०८२ माघ ८ गते, बिहीबार १०:४८

आन्दोलनले ठप्प बनेको बृन्दावन स्वास्थ्य चौकी मेयरको पहलमा पुनः सञ्चालन हुने

रमेश कुमार यादव
रौतहट, ११ भदौ ।

झण्डै १५ दिनदेखि बन्द भएको बृन्दावन नगरपालिका–३ रामपुर टोलस्थित स्वास्थ्य चौकी छिट्टै सञ्चालनमा आउने भएको छ। नगरप्रमुख विनोद प्रसाद कुर्मीको प्रत्यक्ष पहलपछि अब स्वास्थ्य चौकीमा पुनः औषधि आपूर्ति हुने र सेवा प्रवाह सुरु हुने भएको हो।

गत साउन २५ गते स्थानीयवासीहरूले आधारभूत औषधि अभाव भएको भन्दै स्वास्थ्य चौकीमा तालाबन्दी गरेका थिए। पर्याप्त स्वास्थ्यकर्मी भए पनि नियमित औषधि नपाएको गुनासो राख्दै युवा नेता लखिन्द्र पटेलको नेतृत्वमा सयौँ स्थानीय महिला–पुरुषको सहभागितामा तालाबन्दी गरिएको थियो। यस क्रममा सामान्य उपचारदेखि मातृत्व सेवा र आपतकालीन उपचार सुविधा समेत अवरुद्ध भएका कारण विपन्न वर्गका नागरिक सबैभन्दा बढी प्रभावित भएका थिए।

नगरप्रमुख कुर्मीले पत्रकारसँग कुरा गर्दै लामो समयसम्म जनताले सेवा नपाउनु दुःखद भएको बताए। उनले भने, “जनताले करिब दुई हप्तासम्म आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनु पीडादायी हो। समस्या देखिँदा सूचना दिने वा आधिकारिक उजुरी गर्ने परम्परा अवलम्बन गर्नु पथ्र्यो। तर स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा एक्कासी तालाबन्दी गर्नु दुर्भाग्यपूर्ण र अराजक कदम हो।”

उनले पूर्ववर्ती जनप्रतिनिधिहरूको कार्यकालमा भ्रष्टाचार र जनविरोधी गतिविधि भएको आरोप लगाउँदै आफ्नो कार्यकालमा भने सुशासन, पारदर्शिता र द्रुत विकासलाई प्राथमिकता दिइएको दाबी गरे। “जनताले दिएको विश्वास अनुसार हामी काम गर्दैछौं। केही विकास विरोधीहरूले असफल बनाउने खेल खेलिरहेका छन् तर त्यसले हाम्रो अभियानलाई रोक्दैन,” मेयर कुर्मीले भने।

यस विषयमा वडाध्यक्ष हरिनरायण साहमाथि पनि स्थानीयले चासो देखाएका छन्। चौकी लामो समयसम्म बन्द रहँदा वडाध्यक्षले तत्परता नदेखाएको र पालिकामा छलफल समेत नगरेको भन्दै उनको संलग्नतामाथि प्रश्न उठाइएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलले पनि तालाबन्दी छिट्टै खुल्ने बताएका छन्। उनले भने, “संवेदनशील क्षेत्रमा तालाबन्दी गर्नु गलत कदम हो। यसमा वडाध्यक्षसहित व्यवस्थापन समितिको कमजोरी देखिन्छ। तर मातृत्व सेवा र बर्थिङ सेन्टर सञ्चालनका लागि नगरपालिकासँगै स्थानीयवासीको सहकार्य पनि अपरिहार्य छ।”

अब नगरप्रमुख कुर्मीले तत्काल औषधि आपूर्ति गर्ने, दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मी नियुक्त गर्ने र चौकीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।

तालाबन्दी अन्त्यको संकेतसँगै लामो समयदेखि उपचार सेवा बिना बस्नुपरेका स्थानीयवासीमा आशा जागेको छ। स्वास्थ्य चौकी सञ्चालनमा आएपछि बृन्दावन–३ का बासिन्दाले पुनः सहज रूपमा उपचार सेवा पाउने अपेक्षा गरेका छन्। नगरपालिकाको सक्रियताले जनतामा राहत र खुसीको माहोल देखिन थालेको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 kingmedan303 rajamania rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM