२०८३ बैशाख २५ गते, शुक्रबार ०३:३१

रुबि हत्या प्रकरणका आरोपित पासवानद्वारा आत्मदाहको प्रयास

रौतहट, ११ भदौ । रौतहटको गौर नगरपालिका ९ मुडवलवा नजिक सुटकेसभित्र मृत अवस्थामा भेटिएकी रुबि साहको हत्या प्रकरणमा संलग्न भएको भनिएका लक्ष्मण पासवानले आज बिहान आफूलाई आगो लगाएका छन्।

माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि बिहान करिब ८ बजे पासवानले आफ्नै शरीरमा पेट्रोल हालेर आगो लगाएका हुन्। गम्भीर घाइते भएका उनलाई स्थानीयको सहयोगमा तत्काल उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ।

गत शनिवार राति रुबि साहको शव सुटकेसभित्र फेला परेपछि यस प्रकरणमा लक्ष्मण पासवानमाथि मुख्य संलग्नताको आरोप लागेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM