२०८२ माघ २६ गते, सोमबार ११:४०

समयको चक्र र तीजको आत्मीयता

– रोजी पराजुली
समय निरन्तर घुमिरहन्छ, ठीक जीवनकै चक्रझैँ । प्रत्येक मोडमा भूमिका बदलिन्छन्, जिम्मेवारी र सम्बन्धको स्वरूप फेरिन्छ, तर संस्कार र पर्व भने सधैँ आत्मीयताको पुल बन्ने गर्छन् । हरितालिका तीज त्यही संस्कृतिको उज्यालो अभिव्यक्ति हो, जहाँ हरेक पुस्ताले आफ्ना भाव र भूमिकालाई आत्मसात् गर्दै नयाँ अर्थ दिन्छ ।

बाल्यकालमा आमासँगै मनाइएको तीज अझै ताजै छ । गीत–नृत्यमा रमाउने, साथीभाइसँग हासखेल गर्ने, र आमासँगको आत्मीय नाता पर्वमा झन् गहिरो भएर अनुभव गर्ने क्षणहरू जीवनका अविस्मरणीय सम्पत्ति बनेका छन् । त्यो समयको तीज सरलतामा रमाउने, मायामा बाँधिने र संस्कारलाई सहजै आत्मसात् गर्ने माध्यम थियो ।

विवाहपछिको जीवनले अर्को अध्याय थप्यो । सासूसँग बुहारीको रूपमा मनाइएको तीजले सम्बन्धलाई नयाँ दृष्टि दियो । केवल पर्व मात्र नभई आपसी सम्मान र मायाले गाँसिएको त्यो क्षणले सासू-बुहारीबीचको सम्बन्धलाई अझ नजिक ल्यायो । संस्कारको गहिरो अर्थ त्यहीँ देखियो- जब एउटै घरभित्र दुई पुस्ता एउटै परम्परा साझा गर्थे ।

समय भने निरन्तर बदलिन्छ । सासूको निधनपछि तीजको उल्लास नन्द–भाउजूहरूसँग बाँडियो । परिवारका भिन्न सम्बन्धहरूले त्यो उत्सवलाई फेरि नयाँ अर्थ दिए । रमाइलो मात्र नभई भावनात्मक सहारा र आत्मीयताको आदान–प्रदान बनेको त्यो अनुभवले बुझायो, संस्कार केवल संस्कार नभई सम्बन्धलाई जोड्ने सूत्र हो ।

आज परिस्थिति फेरिएको छ । म आफैं सासूको भूमिकामा छु र आफ्नी बुहारीसँग तीज मनाउने अवसर पाएको छु । यो अनुभव विशेष छ, किनभने यसले पुस्तागत निरन्तरता मात्र होइन, संस्कृतिको गहिरो सौन्दर्यलाई पनि उजागर गर्छ । जीवनका प्रत्येक चरणमा भूमिकाको परिवर्तन भए पनि मायाले जोडिएको सम्बन्ध र संस्कारको आत्मा भने स्थिर रहन्छ ।

यसपालि तीज विदेशी भूमिमा मनाइयो । तर स्थानले पर्वको अर्थ बदल्दैन भन्ने सत्य फेरि अनुभूत भयो । आफ्नै बुहारीसँग बसेर, रमाइलो गर्दै, मायाले भरिएका क्षण बाँड्दा यो क्षण अझ विशेष र अविस्मरणीय बन्यो । पर्वलाई अर्थ दिने शक्ति स्थानमा होइन, भावनामा हुन्छ भन्ने कुरा पुनः प्रस्ट भयो ।

जीवनको घडी निरन्तर घुमिरहन्छ । तर संस्कार र माया भने पुस्ता–पुस्तासम्म अटुट रहन्छन् । तीज जस्तो पर्वले यही सन्देश दिन्छ— भूमिकाहरू बदलिन्छन्, समय फेरिन्छ, तर संस्कृतिको सुन्दरता आत्मीयता, प्रेम र निरन्तरतामै निहित हुन्छ ।

(पराजुली हाल अस्ट्रेलियामा हुनुहुन्छ)

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM