२०८३ बैशाख २५ गते, शुक्रबार ०४:४१

मेरो डान्स युनिभर्स-२ को बिजेता घोषित, काठमाडौंकी सितु भईन सेकेन्ड रनरअप

काठमाडौँ/ हङकङकी रिस्ता गुरुङले गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा सम्पन्न ‘मेरो डान्स युनिभर्स–सिजन २’ को उपाधि जितेकी छन्। अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा भएका यस कार्यक्रममा सिक्किमकी अमृता राई दोस्रो स्थानमा रहिन् भने काठमाडौंकी सितु महर्जन तृतीय अर्थात् सेकेन्ड रनरअप घोषित भइन्।

विजेतामध्ये पहिलो स्थान हासिल गरेकी गुरुङले एक करोड रुपैयाँ, दोस्रो भएकी राईले २५ लाख रुपैयाँ र सेकेन्ड रनरअप महर्जनले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

इंट्र-नेशनल वेलफेयर एन्ड सपोर्ट फाउंडेशनले आयोजना गरेको “मेरो भ्वाइस र मेरो डान्स” प्रतियोगितामा ३० देशका सयौँ नेपाली भाषी प्रतिभावान प्रतिस्पर्धीको सहभागिता थियो।

फाइनल समारोहमा सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक, सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ, संस्कृति तथा पर्यटन मन्त्री बद्री पाण्डेलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

सांस्कृतिक एकताको सन्देश दिनुका साथै, यस प्रतियोगिताले नेपाली भाषी समुदायको प्रतिभा र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने ऐतिहासिक अवसर प्रदान गरेको आयोजक संस्थाले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM