२०८२ माघ २९ गते, बिहीबार २२:२६

प्रहरीको गोली प्रहारबाट लालु यादवको मृत्यु

सप्तरी, राजविराज/

सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२ कमलपुरमा मदिरा नियन्त्रणको नाममा प्रहरीले चलाएको गोली लागेर एक स्थानीय युवकको ज्यान गएको छ। मृत्यु हुनेमा लालु यादव रहेको मधेश प्रदेश प्रहरीले पुष्टि गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार सीमावर्ती क्षेत्रमा अवैध रूपमा ठूलो परिमाणमा मदिरा भण्डारण गरिएको भन्ने सूचनाका आधारमा गएराति प्रहरीले सर्च अपरेशन चलाएको थियो। सो क्रममा स्थानीय ‘तस्कर’ भनिएका व्यक्तिहरूसँग झडप भएको र प्रहरीले आत्मरक्षाको लागि ७ राउन्ड गोली चलाएको प्रहरीको भनाइ छ।

तीघ्रामा गोली लागेर गम्भीर घाइते भएका लालु यादवको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ। प्रहरीद्वारा उक्त स्थानबाट विभिन्न ब्राण्डका ८० कार्टुन मदिरा बरामद गरिएको दाबी गरिएको छ।

तर, यो घटनाले प्रहरीको आचरणमाथि गम्भीर प्रश्न खडा गरेको छ। सुन तस्करीजस्ता संगठित अपराधमा संलग्नलाई सैलूट गर्दै विदा गर्ने आरोप खेपिरहेको प्रहरी संगठनले सीमावर्ती गाउँमा सानो परिमाणको मदिराको कारोबार गर्ने स्थानीय नागरिकलाई गोली प्रहार गरेर हत्या गर्नुले दोहोरिएको दोहोरो मापदण्डको कडा आलोचना भैरहेको छ।

स्थानीयवासीहरूका अनुसार रातिको समयमा ठूलो संख्यामा प्रहरी पुगेर गाउँमा त्रास फैलाएको थियो। स्थिति नियन्त्रणमा लिन वार्ताको बाटो नअपनाई सिधै गोली चलाउनु अमानवीय र दमनकारी कार्य भएको उनीहरूको आरोप छ।

मानवअधिकारकर्मीहरू र नागरिक समाजले समेत घटनाको निष्पक्ष छानबिनको माग गर्दै सुरक्षाकर्मीहरूले स्थानीयमाथि बल प्रयोग गर्दा अपनाउनु पर्ने संयमता र मापदण्डहरूलाई बेवास्ता गरिएको उल्लेख गरेका छन्।

यस घटनाले नेपालमा कानुनी कार्यान्वयनमा देखिएको दोहोरो व्यवहार फेरि एकपटक उजागर गरेको छ। एकातिर अवैध सुन तस्कर, ठूला तस्करहरूलाई सुरक्षाकर्मीहरूको संरक्षण मिलिरहेको, तिनको अनुहारसमेत नखुलेको अवस्था रहँदा, अर्कोतर्फ स्थानीय सीमावर्ती जनतालाई गोलीको सामना गर्नुपर्ने राज्यसंयन्त्रकै असफलताको प्रतीक मानिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM