२०८२ आश्विन २५ गते, शनिबार २२:२५

पेट्रोलियम ईंधनको मूल्य घट-बढ़, केमा घट्यो -केमा बढ्यो?

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल, मट्टितेल र हवाई ईन्धनको मूल्य बढाएको छ।

निगम सञ्चालक समितिको बैठकले बिहीबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु २ बढाएको छ। यस्तै पेट्रोल भने प्रतिलिटर रु १ घटाएको छ।

निगमले हवाई इन्धनको मूल्य पनि बढाएको छ। हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिर रु ३ र अन्तरराष्ट्रियतर्फ अमेरिकी डलर २१ ले बढाइएको निगमले जनाएको छ।

नयाँ मूल्यसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर एक सय ४७ रुपैयाँ ५० पैसा, एक सय ४९ रुपैयाँ र एक सय ५० रुपैयाँ तथा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा, एक सय ५८ रुपैयाँ र एक सय ५९ रुपैयाँ तोकिएको छ।

आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर एक सय २८ रुपैयाँ कायम भएको छ। अन्तरराष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर काठमाडौंमा अमेरिकी डलर नौ सय ७३, पोखरामा सात सय ९२ र भैरहवामा सात सय ७६ तोकेको छ।

इन्डियन आयल कर्पोरेसशनबाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM