२०८२ आश्विन २६ गते, आईतवार ०१:५६

अधिवक्ता बिष्ट ‘पीस एम्बेस्डर अवार्ड’बाट सम्मानित

काठमाडौँ, १४ साउन — कानुनी तथा शैक्षिक क्षेत्रमा सक्रिय अधिवक्ता तथा शिक्षाविद् राजेश कुमार बिष्टलाई ‘युनिभर्सल पीस फेडेरेसन नेपाल’ले ‘पीस एम्बेस्डर अवार्ड’बाट सम्मान गरेको छ।

दीर्घकालीन सेवा, समाजप्रतिको समर्पण र शान्ति स्थापनामा उल्लेखनीय योगदानको कदरस्वरूप बिष्टलाई उक्त अवार्ड प्रदान गरिएको हो। उहाँ ‘पीस एन्जल स्कुल’का संस्थापक समेत हुनुहुन्छ। सम्मान ग्रहणपछि बिष्टले शान्ति र सुशासन प्रवर्द्धनमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

सम्मान समारोहमा युनिभर्सल पीस फेडेरेसनका एसिया प्यासिफिक उपाध्यक्ष सन्तोष कुमार पौडेल, दक्षिण एसिया क्षेत्रीय निर्देशक प्रकाश बाबु थापा, संविधानसभा सदस्य मिलन राजबंशी, राष्ट्रिय नेतृत्व तालिम केन्द्रका निर्देशक रुपसिंह भण्डारी तथा डिभाइन भण्डारीको संयुक्त उपस्थितिमा अवार्ड प्रदान गरिएको हो।

त्यसैगरी, काठमाडौँ महानगरपालिका वडा नं.–१ का अध्यक्ष भरत लाल श्रेष्ठलाई पनि वडा कार्यालयमै आयोजित विशेष समारोहका बीच ‘शान्तिदूत’ अवार्डबाट सम्मान गरिएको छ।

‘युनिभर्सल पीस फेडेरेसन’ संयुक्त राष्ट्रसंघसँग आबद्ध अन्तर्राष्ट्रिय संस्था हो, जसको केन्द्रीय कार्यालय दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेको छ। डा. सन म्योङ मुन र डा. हाक जा हान मुनको संस्थापकत्वमा स्थापना गरिएको यो संस्थाले विश्वभरि शान्ति स्थापनामा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई नियमित रूपमा सम्मान गर्दै आइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM