२०८३ बैशाख ३१ गते, बिहीबार ०१:२६

दोषीलाई कारबाहीको माग गर्दै अदालतअगाडि प्रदर्शन

रौतहट, ११साउन/

रौतहटको राजपुर नगरपालिका–२ बलुवा टोलमा भएको जबर्जस्ती करणीको घटनापछि पीडित दलित महिलालाई न्याय दिलाउन माग गर्दै गौरस्थित जिल्ला अदालत परिसरअगाडि पीडितका आफन्त, छिमेकी तथा अधिकारकर्मीहरूले विरोध प्रदर्शन गरेका छन्।

‘न्याय किनिन्छ भने हामी अदालतमाथि प्रश्न उठाउँछौँ’, ‘फैसला किन्न सक्छौँ, हाम्रो आवाज होइन!’, ‘दलित महिलामाथि हुने बलात्कार अन्त्य गर!’, ‘बलात्कारीलाई फाँसी दे!’ जस्ता आक्रोशपूर्ण नारा लगाउँदै प्रदर्शनकारीहरूले दोषीमाथि कडा कारबाहीको माग गरे।

प्रदर्शनमा सहभागी महिलाहरूले न्याय प्रणालीप्रति असन्तुष्टि जनाउँदै, पीडितलाई शीघ्र न्याय दिन माग गरे। उनीहरूले घटनापछि राज्य संयन्त्र मौन रहनु दुर्भाग्यपूर्ण भएको भन्दै कानुनी निकायलाई निष्पक्ष र प्रभावकारी ढंगले अघि बढ्न आग्रह गरे।

“दलित महिलामाथि हुने हिंसा र विभेदमाथि राज्य गम्भीर बन्नुपर्छ,” एक सहभागी अधिकारकर्मीले भनिन्, “समाजमा कानुनी प्रतिरोधको सन्देश दिन यस्तो जघन्य अपराधमा लिप्त व्यक्तिलाई कडा सजाय दिनुपर्छ।”

प्रदर्शन शान्तिपूर्ण तर सशक्त रूपमा सम्पन्न भएको थियो। पीडित पक्षले दोषीलाई अविलम्ब पक्राउ गरी कानुनी दायरामा ल्याइनुपर्ने माग गर्दै न्यायिक प्रक्रियामा ढिलाइ नगर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

स्थानीयस्तरमै सामाजिक दबाब सिर्जना गर्दै न्यायका लागि आवाज उठाउने यो प्रयासले राज्य संयन्त्रलाई जवाफदेही बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM