२०८२ असार २० गते, शुक्रबार १७:५८

‘राहत वितरणमै भोका प्यालेस्टाइनीमाथि गोली चल्यो’

गाजा/गाजामा राहत वितरण गरेको इजरायल र अमेरिकाको संस्थामा आबद्ध पूर्व सुरक्षा सम्बन्धी ठेकेदारले गम्भीर आरोप लगाएका छन्। बिबिसीसँगको कुराकानीको क्रममा उनीहरुले राहत वितरणका लागि पुगेका संस्थाका व्यक्तिले धेरै पटक भोका प्यालेस्टाइनीमाथि गोली चलाएको आरोप लगाएका हुन्।

एक पटक राहत लिन गएकाहरू विस्तारै हिँडेको भन्दै सुरक्षा निकायले गोली चलाएको समेत उनले बताएका छन्।

गाजा ह्युमनेटेरयन फाउन्डेसन (जिएचएफ)ले भने सो आरोपलाई अस्वीकार गरेको छ। जिएचएफले आगो लागि रहेको समयमा पनि त्यसै स्थानबाट राहत लिन मानिस आउने गरेको बताए।

इजरायलले गाजामा ११ सातासम्म राहत वितरणमा अवरोध गरेपछि जिएचएफले मेको अन्त्यमा राहत वितरण सुरु गरेको थियो।

यसपछि सेनाको माझबाट नै मानिसहरू राहत लिन जाने गरेका थिए। जिएचएफले राहत वितरण सुरु गरेपछि चार सय जना प्यालेस्टाइनी राहत लिन जाने क्रममा मारिएको राष्ट्र सङ्घ तथा त्यस क्षेत्रसँग सम्बन्धित चिकित्सकले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM