२०८३ जेष्ठ ५ गते, मंगलवार १७:३४

फ्रि टिकट र भिसाको प्रलोभन देखाइ मानव बेचबिखन गर्न खोज्ने पक्राउ

वीरगंज, ५ असार । वैदेशिक रोजगारीको नाउँमा मानव बेचबिखन गर्न खोज्ने एकजना पुरूषलाई जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरी अदालतमा उपस्थित गराएको छ । मानव ओसारपसारमा संलग्न रहेको आरोपमा चितवन माडी नगरपालिका–८, खर्कटा निवासी ४१ वर्षीय दिपक खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ परेका खड्काविरूद्ध मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए । ‘फ्रि टिकट, फ्रि भिसा’ भन्दै दुबई र ओमान पठाइ दिने प्रलोभन देखाई खड्काले भारत लैजान लागेको सूचनाका आधारमा प्रहरीले चारजना व्यक्तिलाई पर्सा जिल्लाको ठोरी गाउँपालिकाबाट उद्धार गरेको थियो । उद्धार गरिएका व्यक्तिहरूको विवरण गोप्य राखिएको छ । प्रहरीका अनुसार उनीहरूलाई नामथर र वतन समेत परिवर्तन गरी बिक्री गर्न भारत लैजाँदै गरिएको थियो । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

Live

Listen Live FM