२०८३ बैशाख १ गते, मंगलवार ११:१७

मधेशको पर्यटन प्रवर्द्धन गर्न वीरगञ्ज ‘मधेश पर्यटन मिट’

पर्सा), ३१ जेठः नेपाल पर्यटन बोर्डको अगुवाइमा मधेशको पर्यटन प्रवर्द्धनका लागि जनकपुर र वीरगञ्जमा ‘मधेश पर्यटन मिट’ कार्यक्रम गरिएको छ । ‘मधेश पर्यटन मिट’ कार्यक्रमको शुक्रबार जनकपुरमा विविध कार्यक्रम गरेर शुभारम्भ गरिएकामा आज वीरगञ्जमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम गरेर समापन गरिएको हो ।
वीरगञ्ज महानगर, जनकपुर उपमहानगर र नाट्टा मधेश प्रदेशको समन्वयमा सो कार्यक्रम गरिएको हो । समापन कार्यक्रमको उद्घाटन सत्रमा आज वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले मधेश प्रदेशमा रहेका पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्न जरुरी रहेको बताउनुभयो ।
“मधेशमा पर्यटकीय सम्भावना बोकेका क्षेत्र धेरै छन् । ती क्षेत्रमा भारतीयसहित विदेशी पर्यटकलाई आकर्षण गर्न सकेको खण्डमा प्रदेशको पर्यटन व्यावसायले फड्को मार्नेछ”, उहाँले भन्नुभयो ।
वीरगञ्ज आसपासका क्षेत्रमा पनि तीन रातसम्मपर्यटकलाई टिकाउन सक्ने पर्यटकीय सम्भावना बोेकेका क्षेत्र रहेका जनाउँदै प्रमुख सिंहले अहिलेसम्म वीरगञ्ज केवल बाटोका रूपमा मात्रै प्रयोग हुँदै आइरहेकामा चिन्ता व्यक्त गर्नुभयो । “अब यहाँ पर्यटकको बसाइ बढाउनका लागि सबैले हातेमालो गरेर अघि बढ्न जरुरी भइसकेको छ”, उहाँले भन्नुभयो ।
प्रमुख सिंहले वीरगञ्जमा शङ्कराचार्यगेटदेखि पशुपतिनाथ मन्दिरलगायत धार्मिक तथा ऐतिहासिक पूर्वाधार भएकाले पर्यटन प्रवर्द्धनका लागि सबैले समन्वय गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरी पर्यटकीय क्षेत्र भएर पनि सङ्घ तथा प्रदेश सरकारले लगानी नगर्दा ओझेलमा परेको बताउनुभयो । “ठोरीमा पर्यटकीय सम्भावना अथाह रहेका छन् । तर, त्यसलाई राज्यले आवश्यक पर्ने पूर्वाधार निर्माणमा ध्यान नदिँदा सोचेअनुरुप पर्यटकको बसाइ बढाउन सकिरहेका छैनौँ ।”
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले मधेशमा पर्यटकीय सम्भावना बढी भएकाले सबैले हातेमालो गरेर पर्यटन प्रवर्द्धनमा जुट्नुपर्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले प्रदेशमा भारतीय पर्यटकको गन्तव्यका रूपमा विस्तार गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।
नाट्टा मधेश प्रदेशका अध्यक्ष मोहन शर्माले पर्यटकीय गतिविधिलाई चलायमान बनाउन मधेश पर्यटन मिट कार्यक्रम अघि सारिएको बताउनुभयो । “मधेशमा भएका पर्यटकीयस्थलको प्रवर्द्धनका लागि यस्ता खालका कार्यक्रमले महत्त्व राख्छन्”, उहाँले भन्नुभयो, “हामीले भारतका पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायलाई पनि बोलाएर आवश्यक छलफल र समन्वय गरेर पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम गर्दै आइरहेका छौँ ।”
टुरिजम एसोसिएसन विहारका अध्यक्ष एसके शर्माले नेपाल र भारतबीच ऐतिहासिक र धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकाले दुवै मुलुकले एकापसमा समन्वय गरेर पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो । वानारसी टुरिजम बोर्डका सचिव सौरभ पाण्डेले रामायण सर्किटलाई पर्यटकीयस्थलका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । (रासस)

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 m77 bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM