२०८३ जेष्ठ ५ गते, मंगलवार १९:०३

सुनचाँदी व्यवसायीहरू आन्दोलित, तीन दिन सम्पूर्ण पसल बन्द हुने

वीरगञ्ज, जेष्ठ २९ गते नेपाल सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमा सुनचाँदी व्यवसायसँग सम्बन्धित प्रावधानहरूप्रति असहमति जनाउँदै पर्सा सुनचाँदी व्यवसायी संघले विरोध कार्यक्रम घोषणा गरेको छ। संघले नेपाल सुनचाँदी व्यवसायी महासंघको निर्देशनमा चरणबद्ध आन्दोलन सञ्चालन गर्ने निर्णय गरेको हो।
संघद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार, महासंघको निर्णय अनुसार ३२३ वटा साइनबोर्डहरू विरोधका नारासहित पसल अगाडि टाँसिनेछ, साथै A4 साइजको कागजमा विरोधको सन्देशसहित पसलभित्र राखिनेछ। सबै व्यवसायीहरूले कालो पट्टी बाँधेर व्यवसाय सञ्चालन गर्नेछन्।
त्यसैगरी, विरोध स्वरूप तयार गरिएको विरोध पत्र ग्राहकहरूलाई देखाइनेछ र ग्राहकहरूको हस्ताक्षर संकलन गरिनेछ। विरोध कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले २०८२ जेष्ठ २७ देखि २९ गतेसम्म तीन दिनसम्म सम्पूर्ण सुनचाँदी पसल तथा कार्यालयहरू पूर्ण रूपमा बन्द गरिनेछ। बन्द अवधिमा विरोध पत्र र पसलको चाबी जिल्ला प्रशासन कार्यालयमा बुझाइनेछ।
संघले सम्पूर्ण व्यवसायीहरूलाई एकजुट भएर आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ। आवश्यक सामग्रीहरू—जस्तै कालो पट्टी, साइनबोर्ड, र कागजातहरू संघबाट नै उपलब्ध गराइने जनाइएको छ।
अध्यक्ष भुवन प्रसाद सोनारले हस्ताक्षर गरेको यो सूचना अनुसार, विरोध कार्यक्रम सफल बनाउन सबै व्यवसायी, ग्राहक र सरोकारवालाहरूको साथ आवश्यक रहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

Live

Listen Live FM