२०८३ जेष्ठ ५ गते, मंगलवार १९:४७

वीरगंजमा विद्युत चोरी गर्नेहरूविरूद्ध अपरेशन

वीरगंज, २७ जेठ । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रले मंगलवार वीरगंज–१६ नगवा र नकटुवा गाउँमा छापामारी विद्युत् चुहावट गर्नेहरुमाथि कारबाही गरेको छ । हुकिङ तथा गैरकानुनी उपायबाट विद्युत चोरी गरिरहेको सूचनाको आधारमा नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रको टोलीले ती क्षेत्रका घरमा अपरेशन गरी विद्युतीय उपकरण, मिटर निकालेर विद्युत लाइन काटेको छ । वितरण केन्द्र प्रमुख अवधेश कुमार दुबेको निर्देशनमा नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ वीरगंज इकाई समितिका प्रमुख सन्तोष कुमार झा, जनपद प्रहरी र सशस्त्र प्रहरी लगायतको टोलीले वीरगंज महानगरपालिका अन्तर्गत नेशनल मेडिकल कलेज क्षेत्रको नकटुवा आसपासका घरहरू र वडा नम्बर १६ स्थित नगवा क्षेत्रमा पुगेर घर–घरमा लुकाई राखिएका तार, हुकिड्ढो लागि प्रयोग गरिने मोटर, इलेक्ट्रोनिक उपकरण लगायतका सामग्रीहरू नियन्त्रणमा लिएको छ । प्राधिकरणका प्रमुख दुबेले विद्युत् चोरी नियन्त्रणका लागि नियमित अनुगमन गर्ने बताए ।

प्रतिक्रिया लेख्नुहोस्

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

Live

Listen Live FM