बहुदरमाई नगरपालिका–५ डकैला चोक नजिक भारतबाट तीनवटा भारतीय नम्बर प्लेट भएका मोटरसाइकलमा ल्याइरहेको अवस्थामा प्रहरीले उक्त चल्ला फेला पारेको हो । नियन्त्रणमा लिइएको चल्ला आवश्यक प्रक्रिया पुरा गरी स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा क्वारेन्टाइन कार्यालयका प्रतिनिधिहरूको रोहबरमा नं. १३ गण परिसरभित्र नष्ट गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिए ।
पैठारी कार्यमा प्रयोग गरिएका तीनवटा मोटरसाइकलहरू वीरगंज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको समेत उनले जनाएका छन् ।
















