२०८३ बैशाख ५ गते, शनिबार १२:४९

मधेशमा काँग्रेसको सरकार बन्दै

धनुषा — नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेश प्रदेशमा चाँडै कांग्रेस नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन्।

जनकपुरधामस्थित कांग्रेसको मधेश प्रदेश कार्यालयमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले आलोपालो सरकारको सहमति अनुसार सत्ता हस्तान्तरणको प्रक्रिया अघि बढ्ने स्पष्ट संकेत दिए।

“सत्ता साझेदारीको विषयमा गठबन्धनबीच पहिल्यै सहमति भइसकेको छ। अब चाँडै सोही सहमतिअनुसार कांग्रेसको नेतृत्वमा मधेशमा सरकार बन्नेछ,” देउवाले पत्रकारहरूलाई जानकारी दिए। उनले गठबन्धन दलहरूसँग आवश्यक छलफल छिट्टै सुरु हुने बताए।

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महेन्द्र यादव, मधेश प्रदेश सभापति कृष्ण यादवलगायत नेताहरूको उपस्थिति थियो। नेताहरूले प्रदेशको राजनीतिक स्थायित्व र विकासको एजेन्डामा पार्टी प्रतिबद्ध रहेको बताएका थिए।

देउवाको भनाइले मधेश प्रदेशमा सत्ता समिकरण फेरिन सक्ने संकेत देखिएको छ, जसले आगामी राजनीतिक गतिविधिमा उल्लेख्य प्रभाव पार्न सक्ने आँकलन गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM