२०८३ जेष्ठ ५ गते, मंगलवार २०:३०

पकहामैनपुरमा आगलागीहुदाँ लाखौंको क्षति

वीरगन्ज, २३ जेठ । पर्सा जिल्लाको पकहामैनपुरमा ठुलो आगलागी हुदाँ लाखौंको क्षति भएको छ।
पकहामैनपुर गाउँपालिका वडा नं ४ खेस्रहा स्थित रामाशंकर गिरीको गोठमा आज शुक्रबार बिहान पौने ५ बजेको समयमा विद्युत तार सर्ट भई २ घरमा आगलागी हुदाँ लाखौंको क्षति भएको हो।
गिरिको फुसको गोठ र फुसको बस्ने घर गरी २ वटा घर पूर्ण रुपमा जलि नष्ट भएको र घरमा रहेको अन्नपात, लत्ताकपडा, गरगहना गरी ७ लाख बराबरको क्षति भएको छ भने उनको भैसी एउटा र पाडो जलि घाइते भएका छन्।
यस्तै त्यहिका दरोगा गिरिको फुसको गोठ र बस्ने घर पूर्ण रुपमा जलि नष्ट भएको र घरमा रहेको धान, गहुँ काठ, भाँडाकुँडा र गरगहना जलेर नष्ट हुदाँ ७ लाख ५० हजार रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो।
आगलागी पश्चात दुबै परिवार छिमेकीको घरमा बसिरहेका छन् भने उक्त आगलागीलाई दमकल, प्रहरी र स्थानियहरुको सहयोगमा बिहान साढे ७ बजे नियन्त्रणमा लिईएको थियो भने कुनै मानविय क्षति नभएको पर्सा प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

Live

Listen Live FM