२०८३ जेष्ठ ५ गते, मंगलवार २३:३४

प्रतिबन्धित लागुऔषधसहित दुर्ई भारतीय पक्राउ

वीरगंज, १६ जेठ । जिल्ला प्रहरी कार्यालय, बाराले प्रतिबन्धित लागूऔषधसहित दुईजना भारतीयलाई पक्राउ गरेको जनाएको छ । जेठ १५ गते ११ः४० बजेको समयमा इलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट प्र.ब.ना.नि. धन प्रसाद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बारा, जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२९ अमलेखगंजमा बीरगंजबाट हेटौडा जाने गरेको भारतीय नम्बरको भारतीय कार चेक जाँच गर्दा कारभित्र विभिन्न ठाउँहरूमा लुकाई छिपाई लगी रहेको अवस्थामा प्रतिबन्धित लागू औषध ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल २१,६०० ट्याबलेट, ओनरेक्स सय एमएलको ७६ बोतल बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले कार चालक भारत, जिल्ला भैसाली ग्राम हुसेनाराके वडा नं.१२ बहने वर्ष २७ को धिरज कुमार सिंह, गाडीमा सवार मोतिहारी ग्राम कटगेनशा वडा नं.२ बस्ने वर्ष १८ को चन्दन कुमार पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्र.ना.उ. विजयराज पण्डितले जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM