झारफुकको नाममा बालिकामाथि यौन दुर्व्यवहार, एक जना पक्राउ
विराटनगर ।झारफुकको नाउँमा बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति विराटनगर महानगरपालिका–६ का ३५ वर्षीय महमद साबिर रहेको मोरङ प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनलाई मंगलबार आफ्नै निवासबाट नियन्त्रणमा लिइएको हो । प्रारम्भिक अनुसन्धानपछि अदालतबाट सात दिनको म्याद लिएर थप सोधपुछ थालिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, उनले रातिको समयमा झारफुकका लागि बोलाएर बालिकालाई घरमै ल्याई उपचारको बहानामा यौन दुर्व्यवहार गर्ने गरेका थिए । पीडित बालिका वडा नम्बर ६, रामपुर क्षेत्रस्थित एक घरमा आफ्नी दिदीसँगै कोठा भाडामा लिएर बस्दै आएकी थिइन् ।