२०८३ जेष्ठ ६ गते, बुधबार ०९:१४

वैदेशिक रोजगारी सम्बन्धी मुद्दाका प्रतिवादी कुर्मी पक्राउ

वीरगंज, ३१ बैशाख । जिल्ला प्रहरी कार्यालय, पर्साले वैदेशिक रोजगारी सम्बन्धी कसुर मुद्दाका एकजना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर २४ का ६८ वर्षीय सितारामप्रसाद कुर्मी रहेका छन् । उनीविरूद्ध वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंमा वैशाख ७ गते मुद्दा परेको थियो । सुरेश सिंह घिमिरेको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दिपकप्रसाद कुर्मीसमेत भएको वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा संलग्नमध्येका कुर्मीलाई पक्राउ गर्न वैदेशिक रोजगार विभागले बैशाख १७ गते जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्राचार गरेको थियो । पर्सा प्रहरीले खोजतलास गर्ने क्रममा कुर्मीलाई आफ्नै घरमा लुकीछिपी बस्दै गरेको अवस्थामा पक्राउ गरी वैदेशिक रोजगार विभाग काठमाडौंमा पठाइएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी गराएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM